कैलालीमा बार्षिक ३६ करोडको लागुऔषध भित्रिदै, ३५ सय प्रयोगकर्ता

कैलालीमा बार्षिक ३६ करोडको लागुऔषध भित्रिदै, ३५ सय प्रयोगकर्ता

कैलाली

धनगढी: सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा वार्षिक ३६ करोडको लागु औषध भित्रिने गरेको कैलाली प्रहरीको तथ्याङ्कले देखाएको छ।

प्रयोगकर्ताहरुले १२ सयदेखि २ हजारसम्म लागुऔषधको प्रति डोजमा खर्च गर्ने गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा तीन हजार ५ सय भन्दाबढि लागुऔषधका प्रयोगकर्ता रहेकाछन्। प्रत्येक वर्ष ती प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको प्रहरी कार्यालयले जनाएको छ। 

सोमबार गृह मन्त्रालयको लागु औषध शाखाले धनगढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो। कार्यक्रममा खुल्ला सीमानाका कारण कैलालीमा लागुऔषधका प्रयोगकर्ता बढीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।